२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ

780
Shares

महोत्तरी –  मटिहानी नगरपालिका ८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका ३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम सहित फेला पारी  उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij