काठमाडौं– आइतबार बिहान १० बजे काठमाडौंबाट पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी मै फर्किएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । सो जहाज करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो ।
तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दियो । त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।
अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij