काठमाडौं – गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ औं वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा सम्पन्न भएको छ । आ.ब.२०७७/०७८ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ९.१५ बोनस शेयर तथा ३.९५ नगद लाभांश गरि जम्मा १३ ५ वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःज्यूले आ.व. २०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा १८.८४५ ले वृद्धि गरी रु १०,०९,३९,८४,९९७ तथा कर्जा तर्फ १५.६८५ ले वृद्धि गरी ७,९१,३३,८९,६८० रुपैयाँ पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत गरेका थिए ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएकोका कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij