२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोनाका कारण क्यान इन्फोटेक स्थगित

कोरोनाका कारण क्यान इन्फोटेक स्थगित

1K
Shares

काठमाडौं – क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेला स्थगित भएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास कोभिड–१९ को तेश्रो लहर काठमाडौं उपत्यका व्यापकरुपमा फैलिएका कारण मेला स्थगित गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ का प्रायोजक र प्रदर्शनीकर्ता अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको क्यान महासंघले जनाएको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सुचना तथा संचार प्रविधि सम्बन्धि अन्य कम्पनि तथा संस्थाहरुको सहभागिता रहने गरी संपुर्ण तयारी पुरा भएको थियो । महासंघले मेला स्थगितपछि पर्न जाने असुविधाका लागि माफी मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij