२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नगर प्रमुख खरेलद्वारा बाटो उद्घाटन

नगर प्रमुख खरेलद्वारा बाटो उद्घाटन

905
Shares

काठमाडौं – एकीकृत नमुना टोल बिकास समितीको पहलमा बुढानिलकन्ठ नगरपालिका र वडा नम्बर ६ को सहयोगमा सम्पन्न ढलान बाटोको बुढानिलकण्ठ नगरपलिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष नविन केसीले एकीकृत नमुना टोल बिकास समितीले गरेको उल्लेखनिय कामको प्रसंशा गरेका थिए, साथै वडा ६ र ४ मा पर्ने बाटोको चाडो भन्दा चाडो काम सम्पन्न गर्ने प्रतिबद्धता गरे। वडा नम्बर ४ का सदश्य श्रीराम केसीले वडा ६ र ४ मा पर्ने बाटो को स्तरोन्नति जती सक्दो गरिने बताए। विभिन्न समितिबाट उपस्थित प्रतिनिधिहरुले एकीकृत नमुना टोल बिकास समितीले गरेको कामको खुलेर प्रशंसा गरेका थिए ।

नगरप्रमुख उद्धव प्रसाद खरेलले इटालिटारको बाटो चौडा गर्ने काम अघी बढीसकेको जानकारी दिए साथै कडेल कन्स्ट्रक्सनले दसैं अगीदेखी लुडे खोलाको पुल निर्माणकार्यमा लापरबाही गरेकोले तुरुन्त खबरदारी गरी पुल निर्माण कार्यलाई सुचारु गर्ने स्पष्ट पारे ,

समितिको तर्फबाट अध्यक्ष होम बिक्रम न्यौपाने सचिब शिव ढकाल निवर्तमान अध्यक्ष लक्ष्मी खड्का लगायतले नगरपालिका र वडाको सहयोगको लागि धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij