काठमाडौं– धापासी बहुउद्देयीय सहकारी संस्था लि.को १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
धापासीमा माविमा सम्पन्न सधारण सभामा पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहोनीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सुर्दशन थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
सहकारीको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ ।
प्रमुख अतिथि लोहोनीले सहकारीको आवश्यकता र यसको अभियानको बारेमा चर्चा गरेका थिए ।संस्थाले आफ्ना उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान पनि गरेको थियो । उत्कृष्ट बाल बचतकर्ताबाट ५ जना, युवा बचतकर्ताबाट ५ जना, महिला बचतकर्ताबाट ५ जना, पुरुष बचतकर्ताबाट ५ जना, जेष्ठ नागरिक बचतकर्ताबाट ५ जना गरी २५ जनालाई सम्मान गरिएको थियो ।
साथै उत्कृष्ट कर्मचारीको रुपमा जमुना आले र सुष्मा नगरकोटीलाई रु ५०००/ को शेयर सहित सम्मान गरिएको थियो । साथै संस्थाले सुरु गरेका पुँजी निर्माण योजनामा सहपरिवार सहभागीहरुलाई सम्मान पनि गरिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij