२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेष्ठ नागरिक तथा निवृत्त राष्ट्रसेवक गरी ९० जना सम्मानित

जेष्ठ नागरिक तथा निवृत्त राष्ट्रसेवक गरी ९० जना सम्मानित

820
Shares

काठमाडौं – फैमालचुलि समाज सेवा समितिले जेष्ठ नागरिक तथा निवृत्त राष्ट्र सेवकलाई सम्मान गरेको छ । शनिबार धापासी माविमा समितिले ‘३०० औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश–२०७८’ को अवसरमा आयोजित शुभकामना आदानप्रदान, जेष्ठ नागरिक र निवृत्त राष्ट्र सेवक सम्मान कार्यक्रममा ५० जना जेष्ठ नागरिक र ४० जना निवृत्त राष्ट्र सेवकलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा पूर्वगृहमन्त्री तथा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ प्रमुख आतिथि रहेका थिए भने डा.श्री प्रेमसिंह बस्नयातको बिशिष्ट आतिथीको रुपमा रहेका थिए । समितिका अध्यक्ष सुर्दशन थापाको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रपिता पृथ्वीनारायण शाहको उपदेयता, उनको दिब्य उपदेशको सान्दर्भिकता बारे चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा कर्मालय फाउन्डेसन का.म.पा ३, टोखा नगरपालिका, धापासी बहुद्देश्यीय सहकारी संस्थाको सहयोग रहेको थियो ।अध्यक्ष थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण राष्ट्रवादी नेपाली प्रति आभार व्यक्त गरे । कार्यक्रममा संस्थाका सचिव सदन खत्रीले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij