२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंक र सिटी हस्पिटलबीच सम्झौता

सनराइज बैंक र सिटी हस्पिटलबीच सम्झौता

760
Shares

काठमाडौं – सनराइज बैंक र सिटी हस्पिटलबीच सोमबार सम्झौता भएको छ। अस्पताल र बैंकबीच किस्ताबन्दी सुविधा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो।

सम्झौता पत्रमा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजी विभाग प्रमुख चन्द्र मोहन शाह र बैंकका शाखा प्रमुख हरिहर सुवेदीले हस्ताक्षर गरेका छन्। उक्त सम्झौताअनुसार बैंकले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीहरूलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए।

बैंकले प्रत्यारोपणको लागि पचास हजारदेखि तीन लाखसम्म बिना धितो शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो। यस अघिपनि बैंकले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कोटेश्वरस्थित के ३३ हेयर होटल, विशालनगरस्थित अरोगिन हेल्थ केयर एन्ड रिसर्च, बालुवाटारको हेल्थी चोइस न्युट्रिसन एन्ड फिटनेस क्लिनिङ र पोखराको फेवा हेल्थ केयरमा कपाल प्रत्यारोपण-प्रतिस्थापन गर्न आउने सेवाग्राहीलाई किस्ता बन्दी सुविधा दिनेमा सम्झौता गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij