२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस सिरहा सभापतिसँग लफडा परेका एसपी हिराबहादुर पाण्डे निलम्बित

कांग्रेस सिरहा सभापतिसँग लफडा परेका एसपी हिराबहादुर पाण्डे निलम्बित

955
Shares

काठमाडौं– प्रहरी प्रधान कार्यालयले सिरहा प्रमुखबाट हेडक्वाटर तानिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ।
सत्तारुढ दल नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवसँग लफडा गरेको आरोप लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो।
उनीमाथि अनुसन्धान जारी रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए।
‘उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। समिति बनाएर अब छानबिन हुन्छ,’ एसएसपी कुँवरले भने।
पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij