२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि

855
Shares

काठमाडौं – नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९५९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३८२ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार सात नमुनाको पीसीआर परीक्षण गर्दा ३४२ र १५ हजार ९५२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोरोनाका कारण देशमा हालसम्म ११ हजार ५९४ जनाएको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २५२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख १२ हजार २१० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij