२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी केन्द्रमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई

माओवादी केन्द्रमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई

1.6K
Shares

काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समानुपातिक पद्धतिबाट निर्वाचित हुने सदस्य चयन गर्ने जिम्मा प्रदेश समितिलाई दिएको छ ।
माओवादीको महाधिवेशनबाट पारित विधान अनुसार केन्द्रीय समितिका १५४ सदस्य समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको एक नेताले जानकारी दिए ।

समानुपातिक पद्धतितर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् । केन्द्रीय सदस्यका बाँकी सदस्य भने खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् ।

प्रदेश समितिले आफ्नो प्रदेशले पाएको संख्याभित्र खस आर्य, आदिवासी जनजाति, दलित, मधेसी, अपांगता, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट महिला, पुरुष, महिला युवा र पुरुष युवाको नाम केन्द्रीय सदस्यका लागि चयन गर्नुपर्नेछ ।

समानुपातिक तर्फबाट केन्द्रीय सदस्य चयनका लागि प्रदेश समितिको बैठक महाधिवेशन स्थलमा नै बसेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij