काठमाडौं – इजीलिंक रेमिट्यान्स प्रालि र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कृषि विकास बैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौंता पश्चात अव कृषि विकास बैंक लिमिटेड ADBL Remit मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपाल भरि छरिएर रहेका सात हजार भन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij