२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ कोे ट्यालेन्ट शो सम्पन्न

वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ कोे ट्यालेन्ट शो सम्पन्न

2.1K
Shares

काठमाडौं–  विवाहित महिलाहरुबीचको नेपालको सबैभन्दा ठुलो र सफल प्रतियोगिता वाईवाई मिसेस नेपाल वल्र्ड २०२१ अन्र्तगतकोे ट्यालेन्ट शो सम्पन्न भएको छ।
राजधानीमा हालै सम्पन्न ट्यालेन्ट राउन्डअन्र्तगत अन्तिम स्पर्धाका लागि छानिएका दुई दर्जन बिबाहित सुन्दरीहरुले नृत्य, गायन , मेकअप , स्टयानंड अप कमेडी, भाषण कला, मुक्तक, नाटकलगायतका आपूmलमा भएका प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेन्ट शोमा प्रतियोगिहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा सिमेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने वाईवाई मिसेस नेपाल २०२१ का पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए। झाका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी पुष १७ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अन्तिम प्रतिस्पर्धा नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसाराण गर्नेछ। ट्यालेन्ट शोमा प्राध्यापक तथा गीतकार सुदन डोटेल, अभिनेता शितल केसी, संगीतकार सरोज प्याकुरेल, कोरियोग्राफर जोगेन्द्र केसी, मोडल तथा नायिका रन्जिता गुरुङ र गायिका रीता केसी निर्णायक रहेका थिए।
प्रतियोगिताको अन्तिम स्पर्धामा सामेल सुन्दरीहरुलाई विभिन्न विषयका विज्ञहरुले तालिम र कक्षा लिइरहेको छन्। कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बाँनिया, जयन्ती राई, बिनिता कूइँकेल, सुमिता लामा , राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सृजना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की, माला सुनार र उषा रजक सहभागी छन्।
रिबन इंटरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै मिसेस नेपाल वल्र्डका रुपमा हुने प्रतियोगिता यस वर्षबाट वाई वाई मिसेस नेपाल वल्र्डका नाममा हुन लागेको हो। मिसेस नेपाल वल्र्डसँगै सोहि स्टेजमा मिसेस नेपाल इंटरनेसनल र एमएस इंटरनेसनल उपाधि विजेता पनि  चयन गरिनेछ।
विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यत्तित्व र क्षमता बृद्धीका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२२  को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ। यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन्।
कि एडभरटाईजींङ्गद्वारा मार्केटिङ सहकार्यमा हुने प्रतियोगिता चन्दा थापा गिरीको सह कोरियोग्राफी, आकाश गिरी र गंगा महर्जनको संयोजनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij