२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

720
Shares

काठमाडौं – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक भएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । माओवादी केन्द्रले ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा तय गरेको छ ।

गोलाकार लोगोभित्र सबैभन्दा माथि विश्व कम्युनिष्ट नेताहरुको चित्र छ । त्यसभन्दा तल माओवादी पार्टीको झण्डा र चुनाव चिह्न बोकेको समूहको छाया चित्रभित्र पार्टी अध्यक्ष प्रचण्डको तस्वीर राखिएको छ । सबैभन्दा पुछारमा धार्मिक र ऐतिहासिक सम्पदाको परिचय दिनेगरी मन्दिर, गुम्बा, चर्च र धरहराका चित्रहरु राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij