२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स नेशनल पेमेन्ट स्वीचमा आबद्ध

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स नेशनल पेमेन्ट स्वीचमा आबद्ध

780
Shares

काठमाडौं – नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच प्रणालीको पहिलो चरणमा एनसीएचएल र गुहेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबीच आज सम्झौता भएको छ।

उक्त सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र नेपाल क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गरे।

सम्झौता फाइनान्सका मुख्य प्रवन्धक अर्चना प्रधान, र वरिष्ठ प्रवन्धक शिल्पा प्रधानाङ र क्लियरिङ हाउसका प्रमुख सञ्चालन अधिकृतको उपस्थितिमा भएको हो।

संस्थाले चिप बेस्ड डेबिड कार्ड, एसएमएस अलर्ट, इबैंकिङ, मोबाइल बैंकिङ, इसेवा, फोन पे, प्रभु पे, इसिसि, आइपिएस कनेक्ट, डिपोजिट लकर लगायत सेवा दिँदै आएको छ। व्यक्तिगत खाताको हकमा तीन लाख रुपैयाँसम्म निक्षेप बीमाका साथै अन्य बैंकिङ सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij