२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टिभिएसको नयाँ शोरुम अत्तरियामा

टिभिएसको नयाँ शोरुम अत्तरियामा

1.1K
Shares

काठमाडौं – शंकर गु्रपअन्तर्गत जगदम्बा मोटर्सले अत्तरियामा आफ्नो एक्स्क्ल्यूजिव थ्रिएस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधायुक्त नयाँ शोरुम उद्घाटन गरेको छ।

जगदम्बा मोटर्सले ‘बागेश्वोरी मल्टी मोटर्स’ नामक शोरुम उद्घाटन गरेको हो। शोरुम उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा कैलाली गोदावरीका उपमेयर रत्ना कदायर, उद्योग बाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक देवकोटा, वडा अध्यक्ष शर्मान्द भट्ट, अत्तरिया प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलको उपस्थिति थियो।

त्यस्तै अत्तरिया ट्राफिक प्रमुख बाम देव गौतम, टीभिएस मोटर्स कम्पनीका कन्ट्री हेड दीपक मक्कर, जगदम्बा मोटर्सका उप सभापति÷निर्देशक दीपक कुमार अग्रवाल, मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियार को उपस्थिति थियो।

नयाँ शोरुमको उद्घाटनका साथै कम्पनीले कार्यक्रममार्फत यूवा लक्षित १ सय २५ सिसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स य्ुक्त नयाँ मोटरसाइकल, टीभीएस रेडर पनि सार्वजनिक गरेको छ।

मोटरसाइकल सार्वजनिक कार्यक्रममा चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिक–टक स्टार उषा उप्रेती लगायतको उपस्थिति थियो।

यो स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभि आइटच स्टार्ट, एनिमलिस्टिक एलइडी हेडल्याम्प जस्ता फस्ट–इन–क्लास फिचर्सका साथै फस्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij