२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा गौतम र पौडेलको उम्मेदवारी

माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा गौतम र पौडेलको उम्मेदवारी

1.6K
Shares

काठमाडौं – नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सोमबार भएको निर्वाचन कार्यक्रम अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादी केन्द्रको वाग्मती प्रदेशको पदाधिकारीमा २९ जनाको उमेदवारी परेको छ । सोमबार साँझ हुने निर्वाचनमा ९ पदका लागि २९ जनाको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिकाअनुसार अध्यक्षमा २, उपाध्यक्षमा १०, सचिवमा ४, सहसचिवमा १० र कोषाध्यक्षमा ३ जनाको उमेदवारी परेको छ ।

त्यस्तै तीन उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ । दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान (मदन), शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्माले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एक जना सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ (छिन्ताङ) र अन्जानकुमार तिमिल्सिना गरी चार जनाको उम्मेदवारी परेको छ ।

सहसचिव तीन पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सहसचिवमा द्रोणबाबु शिवाकोटी, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना (विश्वास), प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर काती, सञ्जय लामा र लालकुमारी पुनको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै कोषाध्यक्ष एक पदका लागि तोत्रकुमारी अधिकारी (इन्दिरा), विदुर खड्का र संगीता भट्टराई गरी तीन जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij