२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ३७ अंकले घट्यो

नेप्से ३७ अंकले घट्यो

735
Shares

काठमाडौं– साताको पहिलो दिन आइतवार सेयर बजार ३७ अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसुचक ३७ अंकले घटेर २३७६ दशमलव ७४ को विन्दूमा झरेको हो। म्युचअल फण्डबाहेक सबै उपसमुह घटेका छन्।

दिनभरीमा २ सय २४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० सेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय रुपैयाँको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ। बैंकको ९ करोड ४३ लाख ८६ हजार ७ सय १७ रुपैयाँको सेयर कारोबार भएको हो। त्यस्तै नेपाल बंगलादेश बैंकको ७ करोड ८ लाख ४३ हजार, समृद्धि फाइन्नास कम्पनीको ६ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनीको ६ करोड ८७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ।

त्यस्तै आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकका लगानीकर्ताले कमाएका छन्। बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले कमाएका हुन्। त्यस्तै स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ५ दशमलव ३५ र माउन्टेन इनर्जी नेपाल कम्पनीका लगानीकर्ताले ४ दशमलव ३ प्रतिशतले कमाएका छन्।

ग्रीनलाइफ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्। कम्पनीका लगानीकर्ताले ७ दशमलव ५९ प्रतिशतले गुमाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij