२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वायुसेवा सञ्चालन संघको साधारण सभा सम्पन्न

वायुसेवा सञ्चालन संघको साधारण सभा सम्पन्न

880
Shares

काठमाडौं – निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) को २१औं वार्षिक साधारसभा सम्पन्न भएको छ।

संघले उक्त वार्षिक साधारणसभा मार्फत आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ। संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिमा अध्यक्ष रामेश्वर थापा (सिम्रिक एयर), प्रथम उपाध्यक्ष अनोज रिमाल (यति एयरलाईन्स), द्वितिय उपाध्यक्ष गोपाल भट्टराई (सौर्य एयरलाइन्स), तृतीय उपाध्यक्ष निमा नुरु शेर्पा (अल्टिच्युट एयर), महासचिव मनोज कार्की, (समिट एयर), सचिव राजु न्यौपाने (मनाङ्ग एयर) र कोषाध्यक्ष रुपेश जोशी, (बुद्ध एयर) रहेका छन्।

नवनियुक्त अध्यक्ष थापाले आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षास्तरलाई अझै उचाईमा पुर्याउने बताए। त्यस्तै संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले देशभरका एयरपोर्ट सफा गर्न बजेट छुट्याएको बताए।

उनले पछिल्लो समय विमानस्थल आसपासमा उम्रिएको घासपातले हवाइ उड्यानमा समस्या भएको बताउँदै भने, ‘मन्त्रालयले एयरपोर्टमा उम्रेका घाँस र आसपासका जङ्गल क्लियर गर्न बजेट छुट्टयाइएको छ।’
हवाइ क्षेत्रमा देखिएका समस्यालाई सबै मिलेर समाधान गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij