२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बजाजको नयाँ सोरुम अब बर्दियाको गुलरियामा

बजाजको नयाँ सोरुम अब बर्दियाको गुलरियामा

985
Shares

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले गुलरिया, बर्दियामा नयाँ सोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको छ।

बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि सोरुम संचालनमा ल्याएको कम्पनीको भनाइ छ।

ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई डिलरसीप प्रदान गरिएको छ। बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको बताउँछ।

कम्पनीकाअनुसार नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij