काठमाडौं – हिमालयन बैंक, कावासोती शाखाले स्थानीय शिव नमुना विद्यालयका विद्यार्थीका लागि मासिक छात्रवृत्ति तथा स्टेशनरी सामान प्रदान गरेको छ।
उक्त विद्यालयमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोगस्वरुप बैंकले यस्तो सहयोग गरेको हो। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर सहयोग गरिएको थियो
सो विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो।
बिहीबार आयोजित एक समारोहकाबीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij