२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारबारे मेरो विश्लेषण सही छ – ‘प्रचण्ड

सेयर बजारबारे मेरो विश्लेषण सही छ – ‘प्रचण्ड

1.4K
Shares

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुँजीपति वर्गको एजेन्ट भएको आरोप लगाएका छन् ।
बुधबार ओलीले प्रचण्डमाथि सेयर कारोबारीले चन्दा नपाएको झोकमा सेयर बजारबारे टिप्पणी गरेको बताएका थिए । जवाफमा प्रचण्डले पुँजीवादको चरित्रबारे आफूले गरेको टिप्पणी सही नै रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘साथै मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रूपमा खारेज गर्दछु ।’
प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पुँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij