२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जस्मिन पेन्ट्ससँग साइग्रेस पोखरेल अनुबन्धित

जस्मिन पेन्ट्ससँग साइग्रेस पोखरेल अनुबन्धित

900
Shares

काठमाडौं– जस्मिन पेन्ट्स प्रालिले चर्चित नेपालि कथाकार साइग्रेस पोखरेललाई आफ्नो कम्पनीसँग अनुबन्धित गरेको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच उनलाई अनुबन्धित गरेको हो।

कम्पनीले बिगत २७ वर्षदेखि उच्च गुणस्तरका रंगहरु उत्पादन गर्दै आएको छ। अन्तर्राष्ट्रिय विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड २०१८ लण्डन, नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८ लगायत थुप्रै अवार्डबाट सम्मानित भएका कम्पनीले जानकारी दिएको छ। आफ्नो उत्पादनको थप प्रचारका लागि उनीसँग सम्झौता गरेको कम्पनीले बताएको छ।

साइग्रेस पछिल्लो समय नेपालि समाजमा प्रख्यात कथा वाचक तथा मार्ग निर्देशकका रुपमा परिचित छन्। जस्मिन पेन्ट्सले ग्राहकहरुको माग र चाहानाअनुआर आफ्ना नयाँ उत्पादनहरुमा बृद्धृ गर्दै आएको बताएको छ।

स्वदेशी बस्तुहरु उत्पादन गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने उदेश्यका साथ स्थापना भएको उक्त कम्पनी मनकामना ग्रुप अफ कम्पनि अन्तर्गत सञ्चालित छ। जस्मिन पेन्ट्स संग साइग्रेस अनुबन्धित भएपछि कम्पनीको स्तर अझ माथि पुग्नेमा आफु विश्वस्त रहेको कम्पनीका निर्देशक मधुसुदन अर्यालले बताए। ्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij