२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा ठूलो गिरावट , नेप्से परिसूचक २४५५ बिन्दुमा झर्याे

शेयर बजारमा ठूलो गिरावट , नेप्से परिसूचक २४५५ बिन्दुमा झर्याे

1.2K
Shares

काठमाडौं – बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ ।

‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकसँगै बुधबार शेयर कारोबार रकम समेत सुस्तायो । दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्प्नीका ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर किनबेच भए । जसअनुसार कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँमा रोकिएको छ ।

बुधबार अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा बजार पुरै राताम्मे देखिएको छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से ५३.१० अंकले घटेर २४५५.८० बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.३४ अंकले घटेर ४६४.७९ बिन्दुमा झरेको छ ।

यसदिन २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर ४२ हजार ९४६ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँ पुगेको छ । कारोबारमा आएका सबै उपसमुहगत सूचक घटेका छन् । ब्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्सको सूचक ३ प्रतिशत बढीले घटेको बजारमा होटल, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र लगानी सूचक पनि २ प्रतिशत धेरैले घटेको छ ।

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको बुधबार सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ८८ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरीद बिक्री भएको हो ।
नेपाल टेलिकम १०.९१करोड, हिमालयन डिष्टिलरी ९.४६ करोड, महालक्ष्मी विकास बैंक ९.१९ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनी ७.७९ करोड र अरुण काबेली पावरको ७.०२ करोडको सेयर खरीद बिक्री भएको छ । नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर, फरवार्ड लघुवित्त, र आईसिएफसि फाइनान्स शीर्ष दश ठूलो कारोेबार हुने कम्पनीमा समेटिएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै १.९४ प्रतिशतले बढेर ५५०.८० रूपैयाँ पुगेको छ । मैलुङ्गखोला जलविद्युतको १.८९, सनराइन लार्ज क्याप फण्ड १.६१ र नेपाल एसबिआई बैंकको सेयरमूल्य १.४० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij