२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणपति लघुवित्तले लाभांश पारीतका लागि बोलायो साधारण सभा

गणपति लघुवित्तले लाभांश पारीतका लागि बोलायो साधारण सभा

820
Shares

काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १७ गते साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजे हइट हाउस पार्टि प्यालेस शुक्लगण्डकी न.पा ४ दलेगौडा तनहुँमा गर्ने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने, आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

यस कम्पनीले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु सँग गाभ्ने गाभिने वा प्राप्ती गर्न उपयुक्त लघुवित्तहरु पहिचान गर्ने,समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ७ गते देखि १६ गते सम्म बन्द रहनेछ । यस आधारमा पुस ६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij