२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमइ बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

ग्लोबल आइएमइ बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

730
Shares

काठमाडौं – ग्लोबल आइएमइ बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ।

यस विषयमा ग्लोबल आइएमइ बैंक र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ। समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरे।

डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमइ बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलब्ध हुनेछ।
बैंकले आफ्ना ग्राहकहरुलाइ नविनतम प्रविधिमा लैजान यो आकर्षक योजना सार्वजनिक गरेको हो। समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याएर बैंकले आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङसँगै अन्य सेवाहरु प्रदान गर्दै आएको छ।

यो बैंकको ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्र छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij