२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुजुकी अभिनिस १२५ सार्वजनिक

सुजुकी अभिनिस १२५ सार्वजनिक

880
Shares

काठमाडौं– सुजुकीको नयाँ स्कुटर अभिनिस १२५ सार्वजनिक भएको छ। कम्पनीले शनिबार भारतीय बजारको लागि नयाँ स्कुटर सार्वजनिक गरेको हो।

नयाँ सुुुजुकी अभिनिस एसइपी प्रविधिमा आधारित छ। साथै यसमा सुजुकी राइड कनेक्टको विशेषता पनि छ। स्कुटरमा पुरै डिजिटल इन्स्ट्रुमेन्ट क्लसटर छ। जसमा ब्लुटुथ कनेक्ट गर्न सकिन्छ। यसमा टर्न–बाई–टर्न नेभिगेसन, इन्कमिङ कल (फोन आएको), एसएमएस, ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल, स्पीड बढी भएमा वार्निङ, फोनको ब्याट्री लेभल डिस्प्ले जस्ता सुविधाहरू छन्।

१२५ सिसी इन्जिन क्षमता भएको नयाँ अभिनिसमा एफआई प्रविधि छ। यसमा प्रयोग भएको इन्जिनले ६,७५० आरपिएममा अधिकतम ८.७ पिएस पावर र ५,५०० आरपिएममा १० एनएमको टर्क जेनेरेट गर्छ। कम्पनीले दाबी गरेअनुसार स्कुटरमा ‘थ्रिलिङ राइड’को अनुभव गर्न सकिन्छ। स्कुटरको तौल जम्मा १०६ केजी छ। यसको अगाडि भागमा डिआरएलसहितको एलइडी हेडल्याम्प पाउन सकिन्छ।

सुजुकी अभिनिस दुई ट्रिममा उपलब्ध हुनेछ–स्टान्डर्ड र रेस एडिसन। स्टान्डर्ड संस्करणको मूल्य भारु ८६ हजार ७ सय तोकिएको छ भने रेस संस्करणको मूल्य भारु ८७ हजार रुपैयाँ तोकिएको छ।

अभिनिसको स्कुटर ग्रे र हरियो रंग मिसिएको, सुन्तले रंग र कालो रंग मिसिएको, सेतो र ग्रे रंग मिसिएको र कालो रंगमा उपलब्ध हुनेछ। त्यस्तै यसको रेस संस्करण भने निलो रंगमा समेत उपलब्ध हुने बताइएको छ।

सुजुकीको नयाँ अभिनिसले बजारमा उपलब्ध टिभिएसको एनटर्क स्पोर्टी स्कुटर र यामाहाको नयाँ रेजेड आरसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij