२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने

970
Shares

काठमाडौं– आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको फाइजर खोप दिन थालिएको छ । काठमाडौं र ललितपुरमा कोरोनाविरुद्धको फाइजर खोप बालबालिकालाई दिन सुरु गरिएको हो ।

हिजोसम्म १२ वर्षमाथिका दीर्घरोगलाई खोप दिइएको थियो । आजदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय गरेको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाले जनाएको छ ।
मौज्दात रहेको खोप करिब २८ सय बालबालिकालाई दिइने छ । सरकारले दीर्घ रोगीलाई खोप लगाएर बचत भएपछि स्वस्थ बालबालिकालाई खोप दिने निर्णय गरेको हो । फाइजर खोप पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने खोप शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij