२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्‍यो

आजदेखि बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्‍यो

1.2K
Shares

काठमाडौं – आजदेखि बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।
जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।

त्यसैगरी १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।
यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij