२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको सुमो दुर्घटनामा हुँदा २ जनाको मृत्यु, १० घाइते

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको सुमो दुर्घटनामा हुँदा २ जनाको मृत्यु, १० घाइते

780
Shares

हेटौडा- हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३ः ३० बजे काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाई प्रहरीले उद्धार गरी चार हेटौडा अस्पतालमा, चार काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र दुइ जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij