२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थप ४५५ जनामा कोरोना संक्रमण

थप ४५५ जनामा कोरोना संक्रमण

715
Shares

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय १८ पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ८०४ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार २७६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ भने ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij