२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विशेष अदालतले माग्यो चुडामणि शर्मासँग ५० लाख धरौटी

विशेष अदालतले माग्यो चुडामणि शर्मासँग ५० लाख धरौटी

945
Shares

काठमाडौं – तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए । शर्माले धरौटी रकम बुझाएर सोमबार नै रिहा भएका छन् ।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij