२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्यानीटरी प्याडको भन्सार बढाइएको होइन जस्ताको तस्तै कायम राखिएको हो – अर्थ मन्त्रालय

स्यानीटरी प्याडको भन्सार बढाइएको होइन जस्ताको तस्तै कायम राखिएको हो – अर्थ मन्त्रालय

1.5K
Shares

काठमाडौं – वर्तमान सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्यानीटरी प्याड आयातमा आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो, बढाइएको होइन ।’

तसर्थ वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ । बरु स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ ।

स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको मन्त्रालयले जनाएको छ । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij