२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

745
Shares

काठमाडौं – सिटिजन्स बैंकले सेयर लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने भएको छ। शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आवको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसमा ३.०८ प्रतिशत नगद र १२.९१ प्रतिशत सेयर बोनस हुनेछ।

हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ। लाभांशको प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ। यसअघि वाणिज्य बैंकमा सानिमा र माछापुच्छ्रेले लाभांश घोषणा गरिसकेका छन्।

सिटिजन्स बैंकले देशभर १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij