२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्णालीमा पहिलो पटक हस्पिटालिटी सञ्चालन

कर्णालीमा पहिलो पटक हस्पिटालिटी सञ्चालन

940
Shares

सुर्खेत- अन्तर्राष्ट्रिय मापदण्डको हस्पिटालिटी ट्रेनिङ उपलब्ध गराउने लक्ष्यसहित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-४ सुर्खेतमा ‘कुलिनरी द हस्पिटालिटी सेन्टर’ सञ्चालनमा आएको छ । हस्पिटालिटी क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्ने लक्ष्यसहित हस्पिटालिटी सञ्चालनमा आएको हो ।

पर्यटन क्षेत्रमा योगदान पु-याउने उद्देश्यसहित हस्पिटालिटी सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक केशव कठायतले बताए ।

एक करोड १० लाखको लगानीमा हस्पिटालिटी सेन्टर सञ्चालनमा आएको हो । हस्पिटालिटी सेन्टर सञ्चालनमा आए पनि पहिलो सेसनका कक्षाहरू असोजपछि सुरु हुने कम्पनीले जनाएको छ ।

हस्पिटालिटी क्षेत्रमा देखिएको दक्ष जनशक्ति अभाव यो सेन्टरले पूर्ति गर्ने कम्पनीका सञ्चालक कठायत बताए । ‘कर्णाली प्रदेशमा हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति अभाव छ । त्यही अभावलाई पूर्ति गर्ने र स्थानीय युवापुस्तालाई अन्तर्राष्ट्रियस्तरमै रोजगारी पाउन सक्ने गरी दक्ष बनाउने हाम्रो चाहना हो’ कठायतले भने, ‘त्यसैले अन्तर्राष्ट्रियस्तरकै पूर्वाधार र प्रशिक्षकहरूबाट हामीले उनीहरूलाई सिकाउनेछौँ ।’

कुलिनरी आर्टस् (कुकरी) बेकरी र पेस्ट्रीको अन्तर्राष्ट्रियस्तरको तालिम दिइने कम्पनीले जनाएको छ ।

‘सेन्टरबाट प्रशिक्षण लिइसकेपछि प्रशिक्षार्थीहरूलाई रोजगारीको व्यवस्था पनि गरेको गरेको छ । कम्पनीले विशेष गरी कर्णाली प्रदेशका विपन्न, गरिब, जेहेन्दार, द्वन्द्व पीडित, सहिद परिवारका व्यक्तिहरूलाई सतप्रतिशत छात्रवृत्तिमा अध्ययन गराउने छ’ उनले भने, ‘यहाँ तालिम लिइसकेपछि विद्यार्थीहरू सोझै काम गर्न सक्ने गरी तयार हुन्छन् । कुलिनरी आर्टस् र बेकरीसम्बन्धी डिप्लोमा कोर्ष करिब ६ महिना अवधिको हुनेछ ।  न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij