२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण भ्याली हाइड्रोपावरको सेयरधनीले बोनस र हकप्रद पाउने

अरुण भ्याली हाइड्रोपावरको सेयरधनीले बोनस र हकप्रद पाउने

1.8K
Shares

काठमाडाैँ – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांशका साथसाथै हकप्रद सेयरकाे पनि घाेषणा गरेकाे छ ।

कम्पनीको आज (भदाै ३१ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

त्यसैगरी, कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij