२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंक र निड्सबीच सहुयितपुर्ण कर्जा सम्बन्धी सम्झौंता

ग्लोबल आइएमई बैंक र निड्सबीच सहुयितपुर्ण कर्जा सम्बन्धी सम्झौंता

910
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थान बीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा बैदेशिक वैदेशिक रोजगारीबाट फर्केका युवाहरुहरू, वैदेशिक वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँंग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरुहरूको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिहरुलाई उचित अभिमुखीकरणको तालिमको व्यवस्था गरिी सहुलियतपूर्ण कर्जाको लागि बैंकलाई सिफारिस गर्नेछ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरन्ञ्जिीवी बरालले हस्ताक्षर गरेका छन ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिकवैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढिी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij