२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रेस काउन्सिलद्धारा विभिन्न पुरस्कार घोषणा

प्रेस काउन्सिलद्धारा विभिन्न पुरस्कार घोषणा

895
Shares

काठमाडौं – प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’लाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस वर्ष पुरस्कृत हुने पत्रकार तथा संचार माध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको समेत जनाएको छ ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित एक लाख ५१ हजार रुपैयाँ राशिको गोपालदास पत्रकारिता पुरस्कार तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाइम्स दैनिकका उज्जल शर्माले पाएका छन् भने प्रेस काउन्सिल सशक्त संचारकर्मी पुरस्कार विमल गौतम र दुर्गालाल केसी, प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार लक्की चौधरीले पाएका छन् ।

प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता, वासुदेव शर्मा ‘बबिन’, सुशील अर्याल र रमेश ढुंगेलले प्राप्त गरेका छन् ।

यसरी नै प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार घनश्याम खड्का, उर्वशी बस्नेत, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चूडामणि लिम्बू, भगवती थापा र शिवकुमार रिजालले पाएका छन् ।

पुरस्कार यही ६ असोजमा काउन्सिल स्थापना दिवसको दिन वितरण गरिने काउन्सिलका प्रवक्ता खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij