काठमाडौं – टिएलसी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यस दसैं तिहार, टिएलसीमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत टिएलसी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकले ५५ इन्चको टिएलसी कर्भ स्मार्ट एलइडी टिभीसमेत जित्न सक्ने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत टिएलसीका विभिन्न सामानहरु खरिदमा ५८ हजार साता सय रुपैयाँसम्मको वासिङ मेसिनको खरिदमा २० हजार एक सय रुपैयाँसम्मको, एसिको खरिदमा ५१ हजार पाँच सय रुपैयाँसम्मको र चार हजार रुपैयाँ बराबरको निःशुल्क एसि जडान र वाटर डिस्पेन्सरको खरिदमा चार हजार दुई सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने बताइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij