२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा साउद चयन

नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा साउद चयन

1.2K
Shares

काठमाडौं -नेपाल आयुर्वेद औषधि सँघको छैठौं महाधिवेशन बाट मान बहादुर साउँद लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।‌ सँघको उपाध्यक्षमा डा. खेम बहादुर भट्टराई र चन्द्र कान्त खनाल, महासचिवमा सुमन प्रसाद पाण्डे, कोषाध्यक्षमा महेन्द्र रत्न बज्राचार्य, सचिवमा पिताम्बर अर्याल, सहकोषाध्यक्षमा डा. सुमन पौडेल निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै गरी सदस्यहरू सूर्य कृष्ण श्रेष्ठ, सम्भु अग्रवाल, बुद्दिमान शाक्य, अर्जुन पौडेल, बिनोद अधिकारी र शिव राम थापा रहेको संघका पूर्व अध्यक्ष बिनोद पौडेलले जानकारी दिनुभयो।

सिंहदरबार बैधखाना विकास समितिका अध्यक्ष डा. बाबुराजा अमात्यको प्रमुख आथित्यमा महाधिवेशन सम्पन्न भएको छ।

कार्यक्रममा अतिथि नेपाल आयुर्वेद औषधि उत्पादक संघका संस्थापक अध्यक्ष श्री नारायण प्रसाद अर्याल ज्यूले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा ग्रेस फर्मास्युटिकल्सका निर्देशक एवम नेपाल आयुर्वेद उत्पादक संघ लूम्बिनी शाखाका अध्यक्ष तथा नेपाल आयुर्वेद उत्पादक संघका सल्लाहकार समेत रहनु भएका श्री सुरज भट्टराई ज्यु ले आयुर्वेद औषधि लाई नीति नियम अनुसार अगाडि बढेर काम गर्नु पर्नेमा जोड दिदैं आफ्नो मन्तव्य राख्नु भएको थियो।

त्यस्तै कार्यक्रममा अथिति उद्योगपति तथा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष श्री दिपक प्रसाद दाहाल ज्यूले आयुर्वेद औषधि हाम्रो पिता काल देखी नै चलिआएको हुनाले यसलाई पवित्र सम्झेर यस क्षेत्रलाई अगाडि बढाउनु पर्ने धारणा तथा नव निर्वाचित समितिलाई बधाई समेत व्यक्त गर्नुभयो।

त्यस्तैगरी कार्यक्रममा बोल्दै अलाइभ आयुर्वेद फर्मास्युटिकल्सका निर्देशक बिष्णु ज्ञवालीले यस आयुर्वेद औषधि क्षेत्रमा हामीले भारत बाट आउने औषधि बाट पनि हामीले कर तिर्नु त छदै छ हामीले नाफा कमाएको बाट पनि कर तिर्नु परेकोले बताए ‌। साथै यस आयुर्वेद क्षेत्रमा जोडिएको सम्पुर्ण साथीहरुलाई पनि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुपर्ने बताए।

नेपाल आयुर्वेद औषधि उत्पादन सँघका महासचिव सुमन पाण्डेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij