२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकद्धारा जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

ज्योति विकास बैंकद्धारा जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

1.7K
Shares

काठमाडौं– ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत,पिपल चौतारा वडा न ६स्थित श्री जन नमूना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको छ।
समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी बैंकले श्रीजन नमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रम मार्फत रु. एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंककातर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक श्री जिवन जोशी, श्रीजन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीगोविन्दप्रसाद कोइराला,प्रध्यानाध्यापक श्रीयामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा न ६ सुर्खेतका वडा अध्यक्ष श्री मोतीप्रसाद कंडेलको उपस्थिति रहेको थियो। खानेपानी धाराको जडान पश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभलिन सक्ने छन्।

नेपाली समाजमा स्थानीयतहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचानगरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij