२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल औषधि उत्पादक संघको नयाँ कार्यसमितिले पायो पूर्णता

नेपाल औषधि उत्पादक संघको नयाँ कार्यसमितिले पायो पूर्णता

3.9K
Shares

काठमाडौं – नेपाल औषधि उत्पादक संघको नयाँ कार्यसमितिले पुर्णता पाएको छ। नयाँ कार्यसमितिले संघ संचालन गर्न विभिन्न समिती गठन गरेको छ।

केही दिन अगाडि मार्केटिङ्ग सर्कल गठन पश्चात्, टेक्निकल व्यक्तिहरू रहेको क्वालिटी सर्कल पनि गठन भएको छ । अध्यक्ष स्वयंको सक्रियतामा कोर्डिनेटर सुमित चन्द्र श्रेष्ठ, सह कोर्डिनेटर प्रवन दाहाल र सदस्यहरुमा रोशन पौडेल, प्रस्ना श्रेष्ठ, प्रभिन शाही, निष्मा बज्राचार्य, सहज न्यौपाने र शोभा थपलिया छ्न।

त्यस्तै कार्यसमितिलाई सरसल्लाह दिनको लागि बिधानमा ब्यबस्था भए बमोजिम सल्लाहकार समिती पनि गठन भएको छ। जसमा वरिष्ठ उधोगिहरु राधेश्याम महत्तो, सानुकाजि श्रेष्ठ र प्रदिप श्रेष्ठ रहेको संघका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिनुभयो।

यसका साथै पुर्ब अध्यक्षहरुको समूह सम्मीलित एपोन परामर्श परिषद पनि गठन गरेको छ । यो सम्पुर्ण समिती हरुलाई होटल भिभान्ता झम्सिखेल सानेपामा यही भाद्र ७ गते सोमबार बसेको कार्यसमिति बैठकबाट अनुमोदन गरि काम कारबाहीमा अगाडी बढाइने उपाध्यक्ष वरालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij