काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेका आईपीओ मंगलबार बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटको कार्यालयमा मंगलबार बिहान ९ः०० बजे उक्त आईपीओ बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा आवेदन गर्ने ६८ हजार ४६८ जनाले १० कित्ता तथा ६ जनाले ११ कित्ताका दरले शेयर हात पारेका छन् ।
कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए । आवेदन गरेकामध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथा गरी आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म आईपीको बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
आईपीओको नजिता बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेवसाइट, मैलुङ खोलाको वेभसाइट, सिडिएससीको आईपीओ हेर्ने वेभसाइट, मेरो शेयर गरी चार स्थानबाट हेर्न सकिन्छ । आईपीओ बाँडफाँडपछि हाल बिक्री प्रबन्धकले डेटा प्रसोधनको कार्य गरिरहेको छ । डेटा प्रसोधनको काम सकिएपछि दिउँसो मात्र आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने बताइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij