२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हुन्डाइको नयाँ आइ-२० कार नेपाली बजारमा

हुन्डाइको नयाँ आइ-२० कार नेपाली बजारमा

1.5K
Shares

काठमाण्डौं – नेपालका लागि हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लो उत्पादन अल न्यू हुन्डाइ आइ-२० नेपाली बजारमा भित्र्याएको छ।

कम्पनीका अनुसार हुन्डाइ आइ-२० आकर्षक र उत्कृष्ट डिजाइनका लागि सुरू देखि नै परिचित मोडल हो। कम्पनीले नयाँ जेनेरेसन मोडल यूरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने निश्चित रहेको जनाएको छ।

नयाँ जेनेरेसन आइ-२० मा हुन्डाइको चर्चित र सफल कप्पा इन्जिन छ। उक्त इन्जिनले अधिकतम ६००० आरप‍िएममा ८३ पिएस पावर प्रदान गर्नेछ। यो इन्जिनमा म्यानुयल गियरबक्स छ।

निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आइ-२० को बाहिरी आवरण पनि आकर्षक र सुन्दर देखिन्छ। प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाइब्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लिक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्वील जस्ता विशेषताले यसलाई विशिष्ट बनाउने कम्पनीको भनाइ छ।

कालो रङको इन्टेरियर, राम्रो सिट, पूर्ण डिजिटल इन्ट्रमेन्ट क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फंसनल स्टेरिङ ह्वील, आर्म रेस्ट जस्ता फिचरले आइ-२० लाई विलासी र प्रिमियम गाडी बनाएको छ।

यो विभिन्न ६ रङमा उपलब्ध हुनेछ- टाइफुन सिल्भर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेड। सुरक्षाका लागि आइ-२० मा हुन्डाइले धेरै फिचर प्रदान गरेको छ। ड्यूल एयरब्याग, एबिएस, इबिडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडल जस्ता फिचर छन्। राम्रो ड्राइभिङ अनुभव, शक्तिशाली र प्रदर्शन, एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने टच स्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मनिटरिङ सिस्टम, रियर आर्म रेस्ट, रियर एसी भेन्ट्सले चालक र यात्रु दुवैलाई मनोरञ्जनसहितको यात्रा दिने कम्पनीको भनाइ छ।

हुन्डाइ आइ-२० म्याग्ना र स्पोर्ट्ज विकल्पमा उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij