२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इसेवामार्फत् हवाइजहाज टिकटमा उपहार

इसेवामार्फत् हवाइजहाज टिकटमा उपहार

730
Shares

काठमाडौं – भुक्तानी सेवा प्रदायक इसेवामार्फत हवाइजहाज टिकट काट्दा यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा सहभागी हुनेछन् । यो योजना एक महिनासम्म सञ्चालन हुनेछ ।

यस योजना अन्तरर्गत इसेवामार्फत् हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेसन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार हजार भाग्यशाली यात्रुले २० प्रतिशत अथवा २ सय ५० सम्मको छुट पाउने छन् ।

यस्तै हरेक यात्रुले आगामी ६ महिना भित्रमा अर्को हवाइ यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्क समेत इसेवाले बेहोर्ने छ ।
यस योजनामा सहभागी हुन इसेवामा केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ भने इसेवा एप मार्फत टिकट काट्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij