२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखी मुक्तिनाथ विकास बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

आजदेखी मुक्तिनाथ विकास बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

1K
Shares

काठमाडौं– मुक्तिनाथ विकास बैंकले साउन १९ गते मंगलबारदेखि संस्थापक समूहको एक लाख ५ हजार ४१ कित्ता शेयरको लिलामी खुला गरेको छ ।

उक्त लिलामी शेयरमा ईच्छुक बैंकका संस्थापक शेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले भदौ २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij