२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा समान्य गिरावट

सुनको मूल्यमा समान्य गिरावट

800
Shares

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

यस दिन तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ ।
तर, यता चाँदीको मूल्य भने केही दिन यताको लगातार स्थिरता सोमबार समेत कायमै राख्दै प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij