२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकले बाल अस्पताल बनाउन एक करोड सहयोग गर्ने

सानिमा बैंकले बाल अस्पताल बनाउन एक करोड सहयोग गर्ने

1K
Shares

काठमाडौं – सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ दिने भएको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताल बनाउन आर्थिक सहयोग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।

बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ।

समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डाक्टर भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले हस्ताक्षर गरेका छन्।

सानिमा बैंकको देशभर हालसम्म ८६ वटा शाखा सञ्जाल, १८ वटा विस्तारित काउन्टर तथा ९६ वटा एटिएम छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij