२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्षेत्रिय सभापतिमा श्याम खड्काको उम्मेदवारी घोषणा

क्षेत्रिय सभापतिमा श्याम खड्काको उम्मेदवारी घोषणा

1K
Shares

काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
काठमाडौं जिल्ला क्षेत्र नं. ५ को नेतृत्व लिन स्थानिय नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेस महासमिति सदस्य श्याम खड्काले आगामी अधिवेशनका लागि क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टी केन्द्रले क्रियाशिल सदस्यता टुंगाएर अधिवेशनको औपचारिक प्रक्रिया आरम्भ हुनै लाग्दा १३ औं महाधिवेशन अन्र्तगत निर्वाचित इकाई सभापतिहरुको भेला बोलाएर खड्काले उम्मेदवारी घोषणा गरेका हुन ।
उम्मेदवारी घोषणा कार्यक्रममा खड्काले आफ्नो उम्मेदवारी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न भएको बताए ।
उक्त क्षेत्रमा संघ, प्रदेश र स्थानिय तहमा कांग्रेस पराजित भएकाले पार्टी पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको खड्काले बताए ।
क्षेत्रिय सभापतिमा उनीसहित अन्य आकांक्षीहरुले समेत उम्मेदवारी दिने तयारी गरेका छन् । लगातार दुई पटक क्षेत्रिय सभापति रहेका रमेश खड्का तेस्रो कार्यकालका लागि उम्मेदवार बन्ने तयारीमा रहे पनि औपचारिक घोषणा भने गरिसकेका छैनन् । उनी प्रदेश सांसदमा पराजित उम्मेदवार हुन ।
क्षेत्रिय कार्यसमितिका सचिव जनकराज श्रेष्ठ पनि सभापतिका आकांक्षी देखिएका छन् । लगातार दुई कार्यकाल सचिव रहेका श्रेष्ठ बसुन्धरा सम्पर्क कार्यालय खोले पनि उम्मेदवारीका औपचारिक घोषणा भने गरिसकेका छैनन् ।
पार्टी महाधिवेशन प्रतिनिधि मनिष जोशीले पनि क्षेत्रिय सभापतिमा आकांक्षा प्रकट गरेका छन् । गएको निर्वाचनमा प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार रहेका जोशीले पनि औपचारिक घोषणा भने गरिसकेको छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij