२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउन ६ गते सार्वजनिक बिदा

साउन ६ गते सार्वजनिक बिदा

930
Shares

काठमाडौं – सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो। आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।

नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेका थिए।
पहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बकर इदमा बिदा थियो। पछि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बिदा काटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij